
चर्चित नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स २’ रिलिज भैसकेको छ । अनुराग कश्यप, विक्रमादित्य मोटवानी र नीरज घेवानले निर्माण गरेको यस सिरिज मा सैफ अली खान, नवाजुद्दीन सिद्दीकी, पङ्कज त्रिपाठी, सुरवीन चावला, ल्यूक केन्नी तथा कल्कि कोचलिनको मुख्य भूमिका रहेको छ । रिलिज भएको केही समयमा नै यस चर्चित सिरिज इन्टरनेटमा लिक भएको छ । ‘सेक्रेड गेम्स २’ को ८ वटै एपिसोड तमिल रकर्स नामक साइटमा लिक भएको हो ।
निर्माण पक्षले उक्त साइटबाट सिरिज हटाउने कोसिस गरेता पनि सफल नभएको बलिउड मिडियाले बताएका छन् । सिरिजको पहिलो भागमा गणेशले २५दिनमा केही हुन्छ भनेका थिए । दोस्रो भागमा उक्त सस्पेन्सलाई खुलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




