यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

अब चलचित्र ‘समर लभ’ डिसहोममा हेर्न सकिने


काठमाडौं – सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ अब घरमै बसेर हेर्न पाइने भएको छ । मुस्कान ढकालको निर्देशनमा बनेको यस चलचित्र फूलपातीको दिनबाट डिसहोममा हेर्न पाइने भएको हो ।

Advertisement
यस चलचित्र फूलपातीको दिनदेखी डिसहोमको च्यानल नम्बर ८ मा पैसा तिरेर हेर्न पाइन्छ । कोरोना महामारीका कारण यस बर्षको दशैंमा हलहरु नखुल्ने भएपनि दर्शकलाई मनोरन्जन दिन चलचित्र ‘समर लभ’ टिभीमा रिलिज गर्न लागिएको हो ।
अब यस चलचित्र डिसहोममा २ सय २५ मा सपरिवार हेर्न सकिनेछ । चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा ‘साया’को भुमिकामा रेवतीले निभाएकी छिन् भने अतितको भुमिकामा आशिष देखिएका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्माताको रुपमा विनोद अधिकारी रहेका छन् ।