काठमाडौं, असार १७ । इमेज च्यानलले यस वर्ष ‘मेगा मोडल रियालिटी शो’को चौथो संस्करण आयोजना गर्ने भएको छ ।
यस सम्बन्धमा इमेज च्यानलका तर्फबाट कार्यकारी निर्देशक पूजा मानन्धर र मेगा मोडलसँग प्रत्यक्षरुपमा आबद्ध रहने ‘आकामा’को तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठ तथा इन्टरनेसनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी (आइआइएफटी)का तर्फबाट अध्यक्ष शर्मिष्ठा श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आकामा होटल हस्पिलालिटी पार्टनर र आइआइएफटी ड्रेस पार्टनरकारुपमा रहनेछन् ।
ग्लामर, फेसन र मोडलिङ क्षेत्रको विकास र ग्लामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले इमेज च्यानलले यसअघि मेगा मोडलका तीनओटा संस्करण आयोजना गरिसकेको छ ।
मेगा मोडलको सन् २००८ मा भएको पहिलो संस्करणमा स्वस्तिका राजभण्डारी, २०१० मा रश्मिता महर्जन र २०१५ मा अनुज्ञा चन्द विजेता बनेका थिए ।