नेपाल टेलिभिजन बाट प्रसारण भइरहेको “सक्किगोनि” हास्य टेलिसिरियलका कलाकारहरु विरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी परेपछि, सक्किगोनी टिमका मुख्य कलाकार अर्जुन घिमिरे र कुमार कट्टेल दौडधुप गरिरहेका छन् ।कानुन बिपरित आफूहरु विरुद्ध उजुरी हालेकोमा मिडिया हब प्रति आक्रोश पोख्दै पाँडेले एक मिडियामा हामी मिडिया हबको नोकर हैनौँ भन्ने अभिव्यक्ति दिएका छन् ।

कुमार कट्टेल जिग्री पनि आक्रोशित देखिन्थे, सुटिङ रोकेर प्रहरीकोमा धाउन पर्दा दु:ख लागेको बताउँदै उनी भन्छन् अहिलेसम्म प्रहरीकोमा पुगेको थिएन तर आफ्नै नाममा उजुरी परेपछि जान पर्यो ।”भद्रगोलमा लामो समय काम गरेर केहिदिन अगाडि मात्र बाहिरिएका जिग्री पाँडेको नयाँ सिरियल “सक्किगोनी”लाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेको छ ।