2025-12-11 8:12 pm

महिला क्रिकेटः फाइनलका लागि आज काठमाडौं र विराटनगर भिड्दै

 काठमाडौंमा जारी वमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज क्याट क्वीन्स काठमाडौं र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान साँढे ११ बजेबाट खेल शुरु हुनेछ । यो खेलको विजेताले उपाधिका लागि बिहीबार चितवन राहिनोजसँग खेल्नेछ । चितवनले लिग चरणमा चारै खेल जितेर सोझै फाइनलमा पुगेको थियो ।

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको काठमाडौंले लिगको पहिलो खेलमा पराजय ब्यहोरेको भएपनि त्यस यताका सवै खेलमा सफलता हात पार्दै आएको छ ।

उसले तीन खेलमा जित निकालेर ६ अंकसहित क्वालिफायरमा पुगेको हो । यता विराटनगर विराटनगरले शुरुवाती २ खेलमा प्रभावशाली जित हासिल गरे पनि त्यसयता २ खेलमा पराजित भएपछि ४ अंकसहित क्वालिफायरमा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad