Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आईपिएल : बैंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा प्रवेश

Company Register

ईन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा सनराइजर्स हैदराबाद क्वालिफायरमा प्रवेश गरेको छ । शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग अन्तर्गत शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । जासन होल्डरले अविजित २४ रन बनाए ।

Advertisement

यस्तै मनिस पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चाहलले १र१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै आरोन फिन्चले ३२ रन जोड्दा शिबम दुबेले ८ रन जोडे । कप्तान विराट कोहली ६ रनमा आउट भए । मोहमद सिराज १० रनमा अविजित रहदा नाभदिप शैनी ९ रनमा अविजित रहे । हैदराबादका जासन होल्डरले ३ विकेट लिए । टि नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए । अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । तर, आईपीएलको नियममा पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने प्राबधान रहेको छ । मुम्बई फाइनल प्रवेश गरिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मुम्बईसँग खेल्नेछ । हैदराबादसँग हारेको बैंगलोर प्रतियोगिताबाट बाहिरिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...