Comments Add Comment

च्याम्पियन्स लिग : पहिलोपटक पीएसजी फाईनलमा प्रवेश

पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पयन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा आरबी लाइप्जिगलाई ३–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । लिसवनमा भएको पहिलो सेमिफाइनल खेलमा पीएसजीले राम्रो नतिजासहित जीत निकाल्दै क्लब इतिहासमै पहिलोपटक च्याम्पयन्स लिग फाइनल पुगेको हो ।

पीएसजीको जीतमा माक्युनहोस, एन्जल डि मारिया र जउन बर्नेटले समान एक एक गोल गरेका थिए । खेलको १३ औं मिनेटमा मार्क्युनहोसले, ४२ मिनेटमा डि मारियाले गोल गर्दै पहिलो हाफमा २० गोलको अग्रता दिलाएका थिए। २–० को सन्तोषजनक नतिजासहित दोस्रो हाफमा मैदान उत्रिएको पीएसजीका लागि जउन बर्नेटले ५६ मिनेटमा गोल गर्दै टीमलाई जीत दिलाएका हुन्।यसबीचमा लाइपजिगले गोल फर्काउने अवसर शृजना गरेपनि पीएसजीको रक्षापङ्ती बलियो भएपछि गोल गर्न सकेन । अब फाइनलमा बिहीबार बिहान बार्यन म्युनिख र लियोनबीचको विजेतासँग पीएसजीले उपाधिका लागि भिड्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर