फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्डेअक्समाथि शानदार जित निकालेको छ। गएराती घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओर्डेअक्समाथि ३–० को जित दर्ता गरेको हो। खेलमा केलियन एमबाप्पे , नेयमार र लिनड्रो पारेड्सले गोल गर्दै पीएसजीलाई ३–० गोल अन्तरले जित दिलाएको हो । जितसँगै शीर्ष स्थानको पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ। तालिकाको पुछारमा रहेको बोर्डेअक्सको २२ अंक छ।