नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो ।

यसअघि एकदिवसिय र टि–२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरेका थिए ।