Comments Add Comment

वर्षातका कारण स्थगित भएको जिल्ला लिग फुटबल आजबाट हुने

जिल्लामा फुटबलको सबैभन्दा ठुलो तथा प्रतिष्ठित खेलको रुपमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट हेटौँडामा सुरु हुँदैछ । वर्षातको कारण हिजो स्थागित भएको खेल आजबाट पुन सुचारु हुने भएको हो । आज हुने उद्घाटन खेलमा हेटौँडाको एफसी इन्टरनेट सिटि र परेली युवासमाजबिच हुनेछ ।

यस पटक जिल्ला लिग फुटबलमा विजेता हुने टिमले नगद १ लाख प्राप्त गर्ने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताएका छन् । यस पटक जिल्ला लिगमा ३१ टीमले समुह दर्ता गरेका छन् । जिल्ला लिगलाई ब्यवसायी रवि श्रेष्ठले आफ्ना पिताको नाउँमा नगद २ लाख स्पोन्सर गरेपछि यो पटकको जिल्ला लिगको नाउँ “स्वर्गिय दानबहादुर स्मृति जिल्ला लिग फुटबल”हुने लामाको भनाई रहेको छ ।

जिल्ला लिग फुटबलमा उपविजेताले ५० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार प्रदान गरिने छ । खेल हेटौँडाको लोकतान्त्रिक चौर हुप्रामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर