यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडा गोल्डकप : आयोजक विजय युथ क्लब फाईनलमा प्रवेश



Advertisement
वाग्मती प्रदेशको राजधानी हेटौंडाको फोरेष्ट्रि खेल मैदानमा जारी हेटौंडा गोल्डकपको सेमिफाईनल चरणको खेल सकिएको छ । बुधबार भएको सेमिफाईनल चरणको अन्तिम खेलमा आयोजक विजय युथ क्लब विजयी हुदै फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा आयोजक विजय युथ क्लबले बागमती युवा क्लब सर्लाहीलाई ५–१ गोलको अन्तरले पराजित गर्दै फाईनलमा पुगेको हो ।
खेलको पाँचौं मिनटमा बिमल रानाले पहिलो गोल गर्दै विजयको लागि खाता खोलिएको थियो । त्यसैगरि खेलको ३७औं मिनटमा सन्त गुरुङले पेनाल्टी मार्फत गोल गर्दै दोब्बर बनाए । खेलको ४३औं मिनटमा बिमलले नै व्यक्तिगत दोस्रो गरे । ५८औं मिनटमा हिसब थपलियाले विजयीको लागि चौथो गोल गरेका थिए । त्ससैगरी खेलको ८८औं मिनटमा रुपेश केसीले पाँचौं गोल गरेका थिए । बागमतीका लागि खेलको ६७औं मिनटमा फोफनाले पेनाल्टी मार्फत सान्तोना गोल गरेका थिए । खेलमा विजय युथका विमल राना म्यान अफ द म्याच घोषित भए । उपाधिका लागि आयोजक विजय युथ क्लब र सेन्ट्रल कलेज भरतपुरबिच माघ २३ गते शुक्रबार प्रतिस्पर्धा हुने भएको छ ।