हेटौंडाको पुर्वी क्षेत्रका युवाहरुलाई खेल्न सहज हुनेगरी फुटसल निर्माण गरिदिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताएका छन् । बुद्धयुवा क्लब हेटौंडा १७ हटियाका युवाहरुलाई खेलकुद सामाग्री वितरण गर्दै मेयर महतले हेटौंडा–१५, १६, १७ र १८ नम्बरका युवाहरुलाई खेल्नका लागि सहज हुनेगरी फुटसल निर्माण गर्न लागिएको बताए ।

युवाहरुलाई तत्काल खेल सुरु गर्नका लागि फुटबल, भलीबल, नेट लगायतका सामाग्री वितरण गरेका छन् । कार्यक्रम बुद्धयुवा क्लबका अध्यक्ष महेश लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा समाजसेवी कमल विष्ट, नरहरी महत, कानूनी सल्लाहकार मुकुन्द अधिकारी, विक्रम विष्ट लगायतकाको आतिथ्यता रहेको थियो ।