नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएका बताए । उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए ।

प्रवक्ता शर्माले सत्तारुढ पार्टी र उक्त पार्टीका नेताहरुभन्दा जेठो भएकाले कम नआँक्न चेतावनी दिए । कांग्रेस बन्दुक उठाउनेमा पनि जेठो हो, प्रवक्ता शर्माले भने, माओवादीले रोल्पा र मकवानपुरमा प्रहरी चौकीमा आक्रमण गरेको जस्तो हैन,कांग्रेस सिधै महाराजधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गरेको पार्टी हो । प्रवक्ता शर्माले कांग्रेस कम्युनिष्ट पार्टीहरुले जसरी विद्यालयका शिक्षकलाई अपहरण गरेर हत्या गर्ने पार्टी नभएर आकाशमा उड्ने प्लेनलाई अपहरण गरेको पार्टी भएकाले कम नआँक्न चेतावनी दिए ।