
रेलिगेशनबाट जोगिनका लागि संघर्षरत वाटफोर्डले बलियो प्रतिद्वन्द्वी म्याचेस्टर युनाइटेडलाई पराजित गरेको छ। इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतवार राति भिकारेज रोड स्टेडियममा म्यान युलाई स्वागत गरेको वाटफोर्डले २-० को जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अववस्थामा वाटफोर्डका लागि खेलको ५० औँ मिनेटमा इस्माइला सार्रले गोल गर्दै आश्चर्यजनक अग्रता दिलाए। वाटफोर्डको यो अग्रताको अवसर म्यान युका किपर डेभिड डेयाको गम्भीर गल्तीले दिलाएको थियो। वाटफोर्डले दोस्रो गोल त्यसको चार मिनेटमै थप्यो। उसका लागि टोर्री डिन्नेले खेलको ५४ औँ मिनेटमा गोल गर्दै म्यान युविरुद्ध सनसनीपूर्ण जित निकालेको छ।
यो अप्रत्यासिसत पराजयपछि म्यान यु प्रिमियर लिगको तालिकामा २५ अंकसहित आठौं स्थानमा खुम्चिएको छ। विजयी वाटफोर्ड केबल १२ अंकसहित लिगको सबैभन्दा पुच्छरमा अर्थात् रेलिगेशन जोनमा छ। प्रिमियर लिगको हरेक सिजनमा तीन क्लब रेलिगेशन जोनमा जानेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




