
इटालियन महारथी युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ । लाजियोले युभेन्टसलाई ३–१ ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो । साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा आइतबार राति भएको खेलमा लाजियोलाई च्याम्पियन बनाउन लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्टसका पाउलो डिबालाले गोल गरेपनि टोलीको हार टार्न सकेन ।
खेलको १६औं मिनेटमा लुइस अल्र्वेटोको गोलबाट लाजियो खेलमा अघि बढेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डिबालाले बराबरी गोल फर्काएका थिए । ७३औं मिनेटमा सेनाले गोल गर्दै लाजियोलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युभेन्टस १० खेलाडीमा समेटियो । रोड्रिगो बेन्टानकर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । त्यसको एक मिनेटपछि डानिलोले गोल गर्दै लाजियोलाई ३–१ को जितसहित सुपर कपको उपाधि दिलाए ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






