Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विराट गोल्डकपको उपाधि एपिएफलाई

Company Register

विराट गोल्डकपको छैटौ संस्करणको उपाधि नेपाल एपीएफले जितेको छ । आज भएको फाईनलमा पाहुना टोली पञ्जाव पुलिस फुटबल क्लबलाई १–० ले हराउदै एपीएफले उपाधि रक्षा गरेको हो । उसलाई उपाधि दिलाउन खेलको १० औ मिनेटमा प्रदिप लामाले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा एपीएफले पाएका केहि राम्रा अवसर खेर फालेको थियो । पञ्जावले पनि केहि अवसर सृजना गर्यो तर अग्रपक्तिले त्यसको सदुपयोग गर्न नसक्दा उपविजेतामै सिमित बन्यो ।

Advertisement

सेमिफाईनलमा पञ्जावले संकटा क्लबलाई तथा एपीएफले आयोजक विराटनगर ११ लाई हराउदै उपाधि यात्रा तय गरेका थिए ।
उपाधिसंगै एपीएफले १५ लाख १५ हजार रुपैया प्राप्त गर्यो । पञ्जावले ७ लाख ५१ हजार रुपैयामा चिक्त बुझायो । प्रतियोगीताको छैटौ संस्करणमा ४ विदेशी सहित १० टोलीको सहभागीता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...