रौतहटको चन्दनिगाहापुर नगरपालिकामा आजबाट सुरु हुने उपमेयरकप खेलकुद प्रतियोगितामा सहभागी हुन मकवानपुरका कराते खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । २५ देखि ६५ केजी तौल समुहका कराते खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खादा र टिका लगाएर विदाई गरेका छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबराज घिमीरे, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतकाको आतिथ्यता रहेको थियो ।