2025-12-10 2:52 am

उत्साहपूर्वक हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज सम्पन्न

हेटौडा राईर्डस कलबको आयोजनामा शनिबार हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज सम्पन्न भएको छ । बिश्व साईकल यात्री पुस्कर शाहाको सहभागीता आयोजीत कार्यक्रममा महिला पुरुष गरी २ सय १० जना साईकल यात्रीहरुको सहभागीता रहेको थियो । पछिल्लो समय स्वाथ्यका लागी साईकल भन्ने मुल नारा लिएर बिभिन्न गत्तिबिधि गरीरहेको हेटौडा राईर्डस कलबले साईक्लिङ्ग च्यालेन्जबाट आफुको लागी आफै च्यालेन्ज गरौ भन्ने अभिप्रार्य राख्दै कार्यक्रम आयोजना गरेको कलबका अध्यक्ष बिकाश ताम्राकारले बताए । उनले उत्साहपुर्बक साईकल यात्रीहरुको सहभागीताले आफुुहरुलाई समेत उर्जा मिलेको बताए ।

यो बर्ष देखी बाहीरी जिल्लाबाट पनि उल्लेख्य साईकल यात्रीहरुको सहभागीता रहयो यसले आगामी दिनमा कार्यक्रम गर्नमा हामीलाई हौशला मिलेको छ ताम्रकारले बताए । कार्यक्रममा बारा,पर्सा,उदयपुर,काठमाण्डौ,ललीतपुर,भक्तपुर,चित्तवन,कैलाली,धादिङ्ग लगाएतका जिल्लाहरुबाट साईकल यात्रीहरुको सहभागीता रहेको अध्यक्ष ताम्राकारले बताए । स्वाथ्यका लागी साईकल र जिल्लाका बिभिन्न धार्मीक स्थलहरु चिनाउने मुख्य लक्ष्य राखीएको यो कार्यक्रममा शनिबार बिहान भुटनदेबीे मन्दिरबाट सुरु गरीएको थियो।

भने बुद्धचोक,पिपलबोट,संगमचोक,नगरपालीकारोड,बनस्खण्डी,सिंचाईटोल हुदै मनकामना मन्दिर,पिप्लेकुना हुदै  क्याम्पाडाडा,कमाने,औधोगीक क्षेत्र,गुम्बाचोक,सिमेन्टरोड हुदै चौधघरे,कुश्माण्ड सरोबरधाम,बनस्पतीहुदै पदमपोखरी,बेलडाडा,तीनताप्के हुदै पुन बुद्धचोक आएर शहिदस्मारक,पुन्यक्षेत्र हुदै बुद्धचोक आएर कार्यक्रमका प्रमुख अतिथी बिश्व साईकल यात्री पुस्कर शाहले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो । समापनमा बोल्दै बिश्व साईकल यात्री शाहले हेटौडामा राईर्डस कलबले बिभिन्न समयमा गत्तिबिधिहरु बढाईरहृकाले आफुलाई खुसी लागेको बताउदै आफुलाई सहभागीहुने मौका दिएकोमा मकवानपुरका राईर्डसहरुमा आभार ब्यक्त गरेका थिए ।

कार्यक्रमको नाम हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज रहेपनि यो प्रतीयोगीतात्मक कार्यक्रम नभएको आयोजकले प्रष्टपारेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई मध्येनजर गर्दै कार्यक्रम आयोजना गरीएको यो कार्यक्रमलाई हेटौडा उपमहानगरपालीका वडा न ७ र १४ ले आ अफनै वडामा साईकल यात्रीहरुलाई स्वागत सम्मान कार्यक्रम राखेको थियो । हेटौडा ७ मा  स्थानीय समाजसेबी हेमराज अधिकारीले साईकल यात्री पृथिबि रायमाझी लाई साईकल समेत प्रदान गर्नु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad