Comments Add Comment

मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना , ३ जनाको मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी –९ भलादमीचोकमा स्कुटर दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ । बिहीबार राति ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते तीनै जनालाई उद्धार गरी प्रहरीले उपचारका लागि भरतपुर पठाएको थियो।

उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उनिहरुकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मनहरी ८ सिमपानी बस्ने अन्दाजी ३०÷३२ वर्षीय धर्मराज मोक्तान,स्कुटरमा सवार सोही स्थान बस्ने मिलन मोक्तान र राक्सिराङ ३ लावती बस्ने रुपेश तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको अवस्था हेर्दा सवारीले ठक्कर दिएको जस्तो देखिएको र कुन सवारीले ठक्कर दिएको हो भन्ने अनुसन्धान भइरहेको र मृतकको शव मेडिकल कलेजमै रहेको प्रहरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर