Comments Add Comment

सन्दीप लामिछाने आज छुट्दै

उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएसँगै आज रिहा हुदैछ । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो। जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

बिहीबार सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो। इजलासले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए।  तर उनलाई अदालतले केही सर्तहरू तोकिएको छ । उनले पीडितसँग सम्पर्क नगर्न आदे‍श दिएको छ। यदि पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए।

इजलासले उनलाई विदेश जानबाट रोक लगाएको छ। उनलाई काठमाडौ‌ं उपत्यका पनि नछाड्न भनेको छ। छाड्नै पर्ने अवस्था भएमा भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। इजलासले लामिछाने भाग्न सक्ने अवस्था नभएको, पीडितलाई हानी पुर्‍याउन सक्ने अवस्था नभएको लगायतका कारणले धरौटीमा छाड्न आदेश दिएको कट्टेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर