Comments Add Comment

बागमती प्रदेशको प्रवक्तामा थपलिया

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई सरकारको प्रवक्ता तोकेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले नेकपा(एमाले) बागमती प्रदेशका संसदीय दलका नेता समेत रहनुभएका मन्त्री थपलियालाई प्रवक्ता तोकेको हो ।

बैठकले मन्त्रिपरिषदको आकार घटाउने, समपुरक बजेटको बारेमा अध्ययन गर्ने, प्रदेश सरकारका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्ने प्रक्रियाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवलाई जिम्मेवारी तोक्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर