Comments Add Comment

मकवानपुरगढी–५ मा रहेको समुन्नती वनजन्य सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको समुन्नती वनजन्य उत्पादन तथा विविधिकरण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष देवान सिं दोङको सभाध्यक्षतामा सभा भएको हो ।

No description available.

साधारणसभामा संस्थागत प्रतिवेदन सहकारीका व्यवस्थापक अमर बहादुर ब्लोनले प्रस्तुत गरेको थियो । त्यस्तै अध्यक्षको प्रतिवेदन देवान सिं दोङ , ऋण संयोजक शुकुराम थिङले ऋण समितिको प्रतिवेदन , लेखा संयोजक अमर लामाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ५८,४७,०५६.६१ को कारोबार गरेको छ ।

No description available.

साधारणसभामा वडा नंम्बर ५ का वडाध्यक्ष दिपेश दाहाल , वडा नंम्बर ५ का वडासदस्यहरु अर्जुन बहादुर रुम्बा र शुकुराम थिङ , वडा नंम्बर ५ खैरेनीमा रहेको लालिगुराँस दुग्ध उत्पादक संस्थाका अध्यक्ष जसोदा लम्साल लगायत शेयर सदस्यहरु तथा स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर