यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

महेन्द्र ज्योतिमा सामाजिक विषयको सहजीकरण सम्पन्न


मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर ३ हाँडीखोला स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयको कक्षा ९ र १० का विद्यार्थीहरलाई सामाजिक विषय सम्बन्धी एक दिने सहजीकरण समपन्न भएको छ। कार्यक्रमको सहजिकरण विवस जंग थापाले गर्नु भएको थियो । सामाजिक विषयको अफ्रिका , अमेरिका लगायत पाठको लागि सम्बन्धित देशको शिक्षक र विद्यार्थीसँग इन्टरनेट माध्यमबाट लाइभ कुराकानी गराइएको थियो ।

Advertisement
विदेशी देशको शैक्षिक प्रणाली, कक्षा कोठाको अवस्था, सामाजिक अवस्था , भौगोलिक अवस्था , उनीहरूको आर्थिक अवस्था लगायतको विषयमा विद्यार्थीलाई लाइभ भिडियो मार्फत देखाइएको थियो । उनीहरुले स्काइपबाट भिडियो कुराकानी गर्दै भाषा, संस्कृतिको बारेमा जानकारी लिनुका साथै कक्षा कोठाको दृश्यावलोकन समेत गरेका थिए । प्रशिक्षक विवश जङ्ग थापाले भिडियो कुराकानीमा विद्यार्थीलाई सहजीकरण गरेका थिए । कार्यक्रमको समन्वय महेन्द्र ज्योति स्कूलका सहायक प्रधानाध्यापक विदूर विक्रम थापाले गर्नुभएको थियो।