हरी गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कारबाट (खेलकुद तर्फ) मकवानपुरका खेल पत्रकार विक्रम कुमार बानियाँ पुरस्कृत भएको छ । बिहिबार राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २५ औं वार्षिक उत्सवको अवसरमा बानियाँ पुरस्कृत भएका हुन् । उनले खेलकुद क्षेत्रमा योगदान गरेको भन्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालले पुरस्कृत गरिएको हो ।

बानियाँ गोल नेपाल डटकमका मकवानपुर जिल्ला संवाददाता समेत रहेका छन् । गोल नेपालमा बानियाँले ६ वर्षदेखि निरन्तर सक्रिय संवाददाताको रुपमा काम गर्दै आईरहेका छन् । उनले गोल नेपाल डटकमका लागि खिचिएको फोटोबाट नै छनौट भएर पुरस्कृत भएका हुन् । उनलाई नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले पुरस्कार प्रदान गरिएको छ ।