Comments Add Comment

लक डाउन सकिए पनि काठमाडौं छिर्न अझै पनि पास अनिवार्य

काठमाडौं – सरकारले मंगलबार रातिदेखि पूर्ण रूपमा लक डाउन खुला भएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने अझै पनि पास अनिवार्य चाहिने भएको छ । लक डाउन खुला भएपनि बाहिरी जिल्लाबाट आउने सवारी साधनमा रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ ।
‘लक डाउन सकिएको भए पनि अहिले नै अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन । त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था यथावत् रहेको गृह मन्त्रालयले जनाएको छ । भदौ १ गतेबाट भने अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर