काठमाडौं – केन्द्रीय बैंकले हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गरेको छ । नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ । बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको छ । यो नोटमा पूर्वगभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेका छन् । 

नयाँ नोटमा दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ । दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश रहेको केन्द्रीय बैंकले जनाएको छ । नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ । यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ ।

नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ । ‘रामलक्ष्मण’ को चित्र भने नोटको पृष्ठभागमा छ । साविकको हजार रुपैयाँको नोटमा विदेशी हात्तीको चित्र रहेको भन्दै विज्ञहरुले विरोध जनाउदै आएका थिए । उनीहरुले हात्ती नेपालमा नै पाइने भए पनि हजार रुपैयाँमा विदेशी हात्तीको चित्र प्रयोग हुनु अनउचित रहेको टिप्पणी गरेका थिए । 

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [904.66 KB]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू