मकवानपुरगढी गाउँपालिका वडा नंम्बर १ स्थित आँपटारमा भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि प्रारम्भिक छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । वडा नंम्बर १ का वडाध्यक्ष आईत सिं लो ज्यूको सभाध्यक्षतामा छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा भू–उपयोग ऐन २०७६ तथा भु–उपयोग नियमावली २०७९ मा भएका व्यवस्थाहरुको वारेमा जानकारी गरिएको थियो ।

जसमा विशेष गरेर कृषि क्षेत्र र आवासीय क्षेत्र वर्गीकरणका विषयमा अभिमुखीकरण गरिएको हो । अभिमुखिकरण गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले दिएका थिए । कार्यक्रममा वडा नंम्बर १ का वडा सदस्यहरु, राजनैतिक दलका प्रतिनिधी, टोल विकास संस्था, सहकारी संस्था, सामुदायिक वनका अध्यक्ष एवम् प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।