
हेटौँडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित मुख्य पर्यटकिय गन्तव्यका रुपमा रहेको शहिद स्मारक विकास समितिको अध्यक्षमा पुनः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल चयन भएका छन् । स्मारक विकास समितिको आज भएको अधिवेशनले पौडेललाई सर्व सम्वत ढंगले अध्यक्षमा चयन गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित स्मारकमा शनिबार भएको १३ औं परिषद् बैठक तथा अधिवेशनले पौडेललाई पुनः अध्यक्षमा चयन गरेको हो । पौडेल स्मारक बनेदेखि शहिद स्मारक देशकै पर्यटकिय गन्तव्यका रुपमा विकास गरिएको छ ।
मुख्यमन्त्री पौडेलको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपनि कार्यविभाजन भने सोमबार बस्ने बैठकले तय गर्ने जनाईएको छ ।
त्यसैगरी लेखा समितिको संयोजकमा खेमराज सापकोटा तथा अनुगमन समितिको संयोजकमा हिमप्रसाद पौडेललगायतलाई निर्विरोध निर्वाचित गरिएको छ ।
यसैगरी स्मारकको सदस्यहरुमा रामेश्वर राना, अनन्त पौडेल, रामचन्द्र राई, मुनु सिग्देल, जुनेली श्रेष्ठ, बद्री लम्साल, अरुणराज सुमार्गी, माईकल रामचन्द्र अर्याल, सम्राट तुम्बाहाङ्फे, इन्द्र नेपाल, नवीन सिग्देल, मनोज सुवेदी, विष्णु ओझा, सुमित्रा काफ्ले, सुदर्शन अधिकारी, विष्णु खनाल, अक्कल रोक्का, अजित विडारी, बलराम अधिकारी, पद्मा पौडेल, शर्मिला डंगोल, गोविन्द अर्याल, बिश्वराज बानीया, बिष्णुगोपाल महर्जन र नर्मदा पोखरेल चयन भएका छन् ।
यसैगरी स्मारक विकास समितिको सल्लाहकारमा केदार न्यौपाने, बिरोध खतिवडा, रामनारायण बिडारी, ललित बस्नेत, श्रीचन्द्र शर्मा, माधव सुवेदी र तिलक प्रसाद दुलाल चयन भएका छन् । यो समाचार प्रहर खबर डट कम बाट साभार गरिएको हो ।







