
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को नगर वडा कमिटी घेदुङको अध्यक्षमा सबिन मोक्तान चयन भएका छन् । शनिबार हेटौडामा भएको भेलाले मोक्तानको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल तामाङ घेदुङ हेटौडा उपमहानगरपालिकाको अध्यक्ष भिमलाल सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा घेदुङ्को जिल्ला उपाध्यक्ष कालु घलानको प्रमुख आतिथ्यतामा भएको थियो । भेलालाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि घलानले बिगतको अवस्था भन्दा अबको घेदुङ कमिटी दरिलो बनाउन वडा कमिटी देखि सबैको एक जुट भै साथ सहयोग हुनु पर्नेमा जोड दिए ।
कमिटीको उपाध्यक्ष आकाश गोले तामाङ, महिला उपाध्यक्षमा अस्मिता गोले तामाङ, सचीव सन्तोषी लामा, सह–सचीवमा सोमी लामा, कोषाध्यक्षमा मदन कुमार तामाङ, सदस्यहरुमा शंकरराज लामा, अलिशा गोले, धनबहादुर मोक्तान, र बबी लामा लगायतको चयन भएको छ । भेलामा नेपाल तामाङ घेदुङको जिल्ला सदस्य एबम संचार बिभाग प्रमुख दिलबहादुर लामा, सदस्य सुरेश लामा, घेदुङको नगर सचिब सुवास घिसिङ लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




