2025-11-10 3:56 pm

विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा राधा प्रथम

हेटौंडा, राष्ट्रिय बाल दिवसको सन्दर्भमा आयोजित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयका राधाकुमारी महतो प्रथम भएकी छिन् ।

शनिबार भएको प्रतियोगितामा तुल्सी मेहर मेमोरियल विद्यालयका श्रमिक रानाभाट द्वितीय, कृष्ण आदर्श माविकी कृष्टीना खतिवडा तृतीय र जिएस निकेतनका प्रिन्सा प्रधान सान्तवना भएकी छिन् । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका महिला तथा बालबालिका विकास महाशाखा हेटौंडाको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना भएका विद्यार्थीलाई क्रमश ः २५ सय, २ हजार, १५ सय र १ हजार रुपैयाँ आइतबार एक कार्यक्रमका बीच प्रदान गरिने छ । बालविवाह न्यूनिकरणमा विद्यार्थीको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता भएको हो ।

About the Author

Ad
Ad