2025-11-07 3:34 am

तरुण दल महासचिव शाहीलाई सदस्यसमेत नरहने गरी कारबाही

काठमाडौं – नेपाल दरुण दलका अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई अनुशासनको कारबाही गर्दै पदमा हटाएका छन् । शनिबार एक विज्ञप्ति जारी गरि पार्टी र दलको आदर्श र सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै महासचिव शाहीलाई पदबाट हटाइएको जानकारी दिए । 

‘महासचिव जस्तो महत्वपूर्ण पदमाद रहेर तपाईँले आफ्नो पदीय मर्यादा, जिम्मेवारी तथा नेपाली काँग्रेस पार्टी र नेपाल तरुण दलको आर्दश एवम् सिन्द्धान्त विपरीत गइ अनुशासनहिन कार्यहरु गर्नुभएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १०को धारा ४४को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरि हटाइएको व्यवहोर यसै पत्रमाफृत जानकारी गराइन्छ,’ अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यता अध्यक्ष बस्नेलाई सर्वसम्म रुपमा निर्वाचित महासचिवलाई हटाउने अधिकार नभएको भन्दै आफूमाथिको कारबाहीलाई महासचिव शाहीले केटाकेटी खेलको संज्ञा दिए ।

महासचिव शाहीले प्रक्रियागत रुपमा अध्यक्ष बस्नेतको बर्खास्ती लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुराकानी भइरहेको पनि बताए । पछिल्लो समय अध्यक्ष र महाचिवबीच निकै विवाद चर्किएको थियो ।

सङ्गठन सम्बन्धी निर्णय र भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा अध्यक्ष बस्नेत र महासचिव शाही वक्तव्यबाजीमा उत्रिएका थिए । 

सो विषयलाई लिएर आफूमाथि अध्यक्ष बस्नेतले ज्यान मार्ने धम्र्कीसमेत दिएको महासचिव शाहीको आरोप छ । 

About the Author

Ad
Ad