कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउनले गर्दा दैनिक ज्यालादारी गर्ने मजदुरहरु र अन्यको जीवन अवस्था अस्तव्यस्त भईरहेको बेला आज विभिन्न ठाँउबाट पैदलयात्र गरेर आफ्नो घर फर्केका पैदल यात्रुहरुलाईउनीहरुको गन्तव्य तर्फ लैजाने व्यवस्था गरीएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेटौडा एकेडेमीको बस मार्फत हेटौडा आईपुगेका यात्रुहरुलाई जिल्लाको नाका सम्म पुराईदिने कार्य गरेको हेटौडा एकेडेमीका संचालिका अकिंता सुमार्गीले बताइन्, ।

हामीले अलपत्र परेका यात्रुहरुको दुख देखेर यहाँबाट उहाँहरुलाई जिल्लाको बोर्डर कटाईदिने र सम्बन्धित जिल्लाको लायन्सहरु संग सहकार्य गरेर उनीहरुलाई अन्यत्र पठाउने कार्य गरेको सुमार्गीले बताइन्, ।

आज मात्र हर्नामाडी र चौकीटोलमा अलपत्र परेका यात्रुहरुलाई हेटौडा एकेडेमीको बस मार्फत जिल्लाका नाका सम्म लगिदिने कार्य गरेको छ । यता मकवानपुर उद्योग वाणिज्य संघले पनि अलपत्र रहेका पैदल यात्रुहरुलाई सहजीकरण गर्न व्यवस्था गरीरहेको संघले बताएको छ ।