मकवानपुरको हेटौंडामा निषेधाज्ञा उलङ्घन गरी पसल खोल्ने १२ पसलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरका प्रजिअ र प्रहरी उपरीक्षक सहितको प्रहरी टोलीले मंगलबार नगरको वडा नम्बर ४,५,६,९ र १७ का विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका १२ जनालाई मकवानपुर प्रहरीले कोभिड व्यवस्थापन अध्यादेश २०७८ को दफा २१ को उपदफा १ ९क० बमोजिम २ हजार देखी ५ हजार सम्म जरिवान गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।