हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ४ मा रहेको हेटौंडा क्याम्पसको संचालक समिती अध्यक्षमा आनन्दराम पराजुली चयन भएका छन् । शनिवार भएको १४ औँ क्याम्पस सभाबाट पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका हुन् । क्याम्पसको उपाध्यक्षमा श्रीधर पोखरेल,कोषाध्यक्षमा नमुना पान्डे,सदस्यहरुमा बद्रिनाथ शर्मा, पुरण जोशी,प्रदिप कोईराला,कबिर पन्त चयन भएका छन् । अध्यक्षमा निर्वाचित भएसङै पराजुलीले क्याम्पस विशुद्ध सामाजिक सेवाभावले चल्ने सस्था रहेको बताउदै क्याम्पसलाई साझा बनाएर अघि बढ्ने बताएका छन् ।