नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। बागमती प्रदेशको राजधानी हेटौंडामा भएको महाधिवेशन अन्तर्गत शनिबार भएको मतदानको आइतबार सम्पन्न मतपरिणाम अनुसार लम्साल विजयी भएका हुन्। लम्सालले ७४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उम्मेदवार अनिता विन्दुले ६१२ मत प्राप्त गरिन। त्यसगरी अध्यक्ष पदका उम्मेदवार भुवन भट्टले १९ मत प्राप्त गरेका छन।