जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखमा बामदेव गौतम आउने भएका छन्। मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग एसएसपीमा बढुवा भएपछि मकवानपुर प्रहरी प्रमुख बिहिन रहेको थियो। खाली रहेको अवस्थामा गृह मन्त्रालयले उनलाई प्रहरी प्रमुखको रुपमा मकवानपुर पठाएको हो। गौतम यस अघि मकवानपुर प्रहरी प्रवक्ता भएर काम गरिसकेका छन्।