हेटौंडाको राप्ती पुल नजिक एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो स्थानीय बासीले शव देखिएपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीका अनुसार उक्त शवको पहिचान नखुलेको अन्दाजी ४५–५० वर्षको युवाको शव फेला परेको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।