लाइसेन्सको प्रयोगात्मक परिक्षा आजबाट हेटौंडामा सुरु

अनलाइन पत्र संवाददाता२०७६-०९-०५ No Comments

हेटौंडा – यातायात व्यावस्था सेवा कार्यालय, हेटौंडाले सवारीका साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनका लागि आजबाट प्रयोगात्मक परिक्षा सुरु गरेको छ । प्रदेश सरकार मातहतको कार्यालयले पहिलो पटक हेटौंडा बाट नै सवारी चालक अनुमति पत्रको ट्रायल दिन सुरु गरेको हो । आज मोटरसाईकलको प्रयोगात्मक (ट्रायल) परिक्षा लिइएको थियो । परिक्षा दिएका मध्य थोरै मात्र प्रयोगात्मक परिक्षामा पास गर्न सफल भएका छन् ।

Ad
Ad