हेटौंडा– ५ पिप्लेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहिबार दिउँसो कान्तिलोकपथ राजमार्ग अन्तर्गत क्याम्पाडाँडाबाट बजार तर्फ आउँदै गरेको ना ५१ प ७३५९ नंबरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००४ प १५९९ नंबरको मोटरसाईकल पिप्लेमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी हेटौंडा–१८ फुर्केचौरका २५ वर्षिय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी लक्ष्मण आचार्य र सुमन थापा घाईते भएको र उनिहरुको उपचार भईरहेको छ ।