नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा अशोकसुजन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न पाँचौं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले फोनिजको उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई चयन गरेको छ । सदस्यहरुमा जमुना थिङ, मञ्जरी बलामी, आशिष राना प्रज्ञा, भुपेन्द्र राना मगर, भुवन घलान र सम्झना मगरलाई चयन गरेको छ ।

अधिवेशनबाट प्रदेश प्रतिनिधिमा आदर्श थोकर , दुदुमाया सिन्तान ,मीना श्रेष्ठ, जनक तामाङ र उमेश राईलाई चयन गरेका छन् भने केन्द्रीय प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सूवर्णलाल श्रेष्ठ र रञ्जीता डंगोललाई चयन गरेका छन् । अधिवेशनको अवसर पारेर अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।