
१५ भदौ, हेटौंंडा । मकवानपुर प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा फडानी गरेको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले राक्सिराङ र कैलाशको विभिन्न क्षेत्रको गाँजा फडानी गरेको हो । टोलीले राक्सिराङको लावती, हाम्दुङ, खोलाङ्दी, कैलाश गाउँपालिकाको गर्खल लगायतका क्षेत्रमा लगाईएको डेढ विगाह गाँजाखेति र १ कठ्ठा गाँजाको व्याड नष्ट गरेको छ ।

मकवानपुर प्रहरीको गाँजा नियन्त्रण अभियान अन्तरगत जिल्ला प्रहरी प्रमुखसहितको १५ जनाको टोलीले गाँजा प्रभावित क्षेत्रमा खेति र व्याड नष्ट गरेको छ ।
प्रहरीले गाँजा खेति र व्याड नष्ट गर्न ४ वटा टोली बनाई राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न वडामा ६० जना प्रहरी परिचालन गरेको जनाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




