मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अनाज तरकारी तथा फलफुल खरिद तथा बिक्रि केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नंबर २ मा कुर्ले कृषि सहकारी संस्था लिमिटेडले अनाज तरकारि तथा फलफुल खरिद तथा बिक्रि केन्द्र संचालनमा ल्याएको हो । शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष हुमागाईंले आउँदो दिनहरुमा किसानले सहकारी मार्फत आफुले उत्पादन गरेको तरकारी तथा फलफुलले उचित मूल्य पाउने बताए । बजारसम्म पुर्याएर व्यापारीलाई कमिसन दिएर बिक्री गर्दा समेत उचित मूल्य नपाईरहेको अवस्थामा गाउँमै सहकारीले बजार मूल्यमा खरिद गर्दा किसानले उचित मूल्य पाउनेमा विश्वास व्यक्त गरे । अध्यक्ष हुमागाईंले गाउँपालिकाले किसानसंग जोडिएका महत्वपूर्ण कामहरु अघि बढाईरहेको बताउँदै किसानलाई उत्पादनमा जोड दिन आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी,सहकारीका पदाधिकारी तथा किसानहरुको सहभागिता रहेको थियो ।