Comments Add Comment

रोटरीद्वारा मानव सेवा आश्रममा खीर खुवाईयो

हेटौंडा, १५ साउन/खीर दिवसको अवसरमा रोटरी क्लब अफ मकवानपुरले हेटौंडा ४ कर्रा स्थित मानवसेवा आश्रममा आश्रितलाई खिर खुवाएको छ । रोटरी मकवानपुरको बर्ष २०१९–२० कमिटीले आफ्नो पहिलो कार्य अन्तर्गत बुधबार आश्रममा आश्रित मानिसहरुलाई खीर खुवाएको रोटरी मकवानपुरका अध्यक्ष रामेश्वरलाल श्रेष्ठले बताए । 
कार्यक्रममा आश्रमका अभियन्ता मानसी मानवसेवाले आश्रमको उद्देश्य र आश्रममा आश्रित मानवहरुको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि रोटरी मकवानपुरका पूर्व अध्यक्ष ज्योतिरत्न बज्राचार्यले आश्रमको कार्य मानवसेवाको उत्तम काम भएको भन्दै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा रोटरी मकवानपुरका निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट कबिन सांगामी, रोट्र्याक क्लब अफ मकवानपुरका अध्यक्ष पुष्पराज अधिकारीलगायत रोटरी र रोट्र्याकका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर