हेटौंडाः हेटौंडा अस्पतालमा मंगलबारबाट एटीएम सेवा सुचारु भएको छ । विभिन्न प्रकारको सेवा सुविधा थप गर्दै अस्पताललाई व्यवस्थित गर्दै लगेको अस्पतालमा कृषि विकास बैंकको ६८ औं एटीएम शाखाका रुपमा सेवा संचालन गरेको हो ।
अस्पतालमा आउने बिरामिहरुको सुविधाको लागि भन्दै अस्पतालले कृषि विकास बैंकको सहकार्यमा एटीएम सेवा संचालनमा ल्याएको हो । मंगलबार कृषि विकास बैंक लिमिटेडका अध्यक्ष क्षेत्र बहादुर सेजवालले एटिएम शाखाको उद्घाटन गर्नुभएको थियो । कृषि विकास बैंक क्षेत्रीय कार्यालय बिरगंजन शाखाका निर्देशक चन्द्र सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सेजवालले एटिएम शाखाको ६८ औंशाखाले अस्पतालबाट गुणस्तरीय सुविधा प्रदान गर्ने बताउनुभयो । कृषि विकास बैकले ग्रामिण क्षेत्रका नागरिकलाई विभिन्न कुरामा साथ र सहयोग गर्ने गरि काम गरिरहेको समेत उहा“ले बताउनुभएको छ । एटिएमले हेटौंडा अस्पतालमा आउने बिरामिहरुलाई सहजन रुपमा सेवा लिन मद्धत पुग्ने उहा“ले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले प्राविधिक रुपमा अस्पतालमा एउटा ईट्टा थपएको बताउनुभएको छ । अस्पताललाई बिस्तारै प्रविधि मैत्री बनाउ“दै लगिने भन्दै उहा“ले एटीएम संचालनले अस्पतालमाआउने बिरामिलाई सहजता प्रदान हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा कृषि बिकास बैंकका संचालक समिति सदस्य संदिप पौडेल, प्रमुख कार्यकारी अनिल कुमार उपाध्याय, विभागिय प्रमुख बाबुकाजी थापा, हेटौंडा अस्पताल व्उवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, मेसु प्रविण श्रेष्टलगायतकाको सहभागिता रहेको थियो ।
एटीएमबाट अस्पतालका मेसु श्रेष्ठले पैसा निकालेर प्रयोगमा आएको जा“च समेत गर्नुभएको थियो । अस्पतालले सोमबार मात्रै बिरामिको विभिन्न किसिमका जा“च गरेर व्यक्तिको जिमेल आइडीमै उपलब्ध गराउने सिस्टमको सुरुवात गरेको थियो ।