Comments Add Comment

आइतबार मकवानपुरमा २७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा आइतबार एकै दिनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार दिउसो प्राप्त रिपोर्टमा १४ जना र साँझ प्राप्त रिपोर्टमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा वसोवास गर्ने रहेका छन् । हेटौडाका मात्र १० जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौँडा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । अरु ३ जना हेटौंडामा कार्यरत तर, मकवानपुर बाहेकका जिल्लाका रहेका छन् । यसअघि हेटौंडाकै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर