हेटौंडा, १५ साउन/ नेपालमा ५८ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाएको छ । आइपास नेपालको आयोजना तथा महिला बालबालिका तथा वातावरण सुधार मञ्च ९ओचिन्ड० को समन्वयमा बुधबार हेटौंडामा आयोजित १ दिने अभिमुखीकरण कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै प्रतिबर्ष देशमा ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेको र तिमध्ये ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गराइरहेको जानकारी दिइएको हो ।यस्तै असुरक्षित गर्भपतन गराउने मध्ये ७ प्रतिशत महिलाको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको छ । मकवानपुरमा अघिल्लो बर्ष ८ सय ८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा यसबर्ष जेठ सम्ममा मात्रै १ हजार ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । कार्यक्रमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले सुरक्षित गर्भपतनबारे महिला र पुरुषहरुलाई सँगै राखेर अभिमुखीकरण गरिनुपर्नेमा जोड दिइन् । उनले सुरक्षित गर्भपतनबारे आमधारणामा परिवर्तन आएमात्र सुरक्षित गर्भपतन सेवा लिन महिलाहरु निर्धक्कसंग आउने दावी गरिन् । कार्यक्रमका सहभागीहरुले मकवानपुरगढी र कैलाश गाँउपालिकामा सुरक्षित गर्भपतन सेवा सञ्चालन नभएकोले तत्काल सेवा सुरु गर्नुपर्नेमा जोड दिएका छन् । अहिले मकवानपुरमा सुचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सुचीकृत निजी ३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन् ।कार्यक्रममा किटजन्यरोग नियन्त्रण तथा अुनसन्धान तालिम केन्द्रका निर्देशक डा। यदुचन्द्र घिमिरे, जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्याय, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिँह, महिला बालबालिका र वातावरण विकास केन्द्रका संयोजक सुप्रिमा सापकोटालगायतले सुरक्षित गर्भपतनबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रम ओचिन्डका प्रबन्ध निर्देशक उद्धब बानियाँको अध्यक्षतामा भएको हो ।