Comments Add Comment

नेपाली लेखक संघ मकवानपुरको अध्यक्षमा छवि अनित्य

हेटौंडा –  नेपाली लेखक मकवानपुरको अध्यक्षमा छवि अनित्य चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अनित्यको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा दिपज्योति थापा, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा गंगा सापकोटालाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा बबी थापा, सम्प्रस पौडेल, गणेश दर्पण अधिकारी, विनिता महत र अवन्ती बानियाँ रहेका छन् ।

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, मकवानपुरका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमकाबीच संघले चितवनका साहित्यकार डा. एकनारायण पौडेललाई योगमाया विद्यापति स्मृति सम्मान प्रदान गरिएको थियो । नगद ५ हजार राशीको उक्त सम्मान पाउने पौडेल चौथो व्यक्ति हुन् । लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि लेखकको भूमिका महत्वपूर्णः बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मुलुकमा लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि लेखकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली लेखक संघ मकवानपुरको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता बानियाँले भ्रम र लोभबाट मुक्त भई लेखकहरुले निष्पक्ष ढंगबाट समाजका विभिन्न विषयमाथि समालोचना गर्नुपर्ने बताए । ‘कम्युनिष्टहरु बढी भ्रम र लोभको खेती गर्छन्, उनीहरुले बोलेर कुहिएको पीठो पनि बेचिरहेका छन् । प्रजातान्त्रिक विचारधारा बोकेका लेखकहरुले सत्य र न्यायको पक्षमा लेख्नुपर्छ । राम्रोलाई राम्रो र नराम्रोलाई सच्याउनको लागि सचेत गराउनुपर्दछ ।’ बानियाँले भने । उनले विचार र सिद्धान्त भएर मात्र नहुने भन्दै त्यसलाई व्यवहारमा परिवर्तन गरेमा मात्र चाहेको सफलता हासिल गर्न सकिने बताए । प्रजातान्त्रिक समाजवादको पक्षमा लेखकहरुले निरन्तर कलम चलाइरहनको लागि बानियाँले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर