नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ चयन भएको छ । शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलाले अध्यक्षमा एकालाल श्रेष्ठलाई चयन गरेको हो । नेकपा ओली समुहले नेकपा भेलाबाट नै तत्कालीन अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामिलाइ कारबाही गर्दै अध्यक्षमा श्रेष्ठलार्इ चयन गरेको हो ।नेकपा मकवनपुरको अगुवा कार्यकर्ता भेलाको अवसरमा केन्द्रिय सदस्य रामेश्वर रानाले कारबाहिको जानकारी तथा अध्यक्षको घोषणा गरेको हो । अध्यक्ष चयन भएपछी संबोधन गर्दै श्रेष्ठले अब यो पार्टीलाई सुदृढ बनाएर अगाडी वढाउने बताए ।