मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणको काम सुरु भएको छ । अस्पतालको नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले शिलान्यास गरेका छन् । यस गाउँमा अस्पताल निर्माण भएपछी सामान्य बिरामी हुँदा पनि जिल्ला अस्पताल सम्म धाइरहनुपर्ने बाध्यता हट्ने खतिवडाले बताए ।

No description available.

अस्पताल कुल ६ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए । अस्पताल निर्माण भएपछी धेरैलाई सहज हुने उनले बताए । कार्यक्रममा मकवानपुरगढी ५ का वडा अध्यक्ष जितबहादुर घिमीरे, ६ का वडा अध्यक्ष टिका दाहाल लगायतकाको सहभागिता रहेको थियो ।

No description available.