कुर्ले कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न भयको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडाका प्रमुख रामेस्वर अर्यालको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष कृष्ण प्रसाद हुमागाईको अध्यक्षतामा साधारणसभा भएको हो । कोषाध्यक्ष माया तामाङ्, सचिव राजकुमार खड्का, लेखा सयोजक गोपाल गौतम,र ऋण समिति संयोजक कृष्ण प्रसाद तिमल्सिनाले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन् । सहकरिमा शेएर सदस्य ७५ जना रहेको सहकारीले ५८ लाख ८२ हजार १ सय २५ रूपैया कारोबार गरेको बताए । सहकारीले ऋण लगानि १४ लाख ७२ हजार रूपैंया गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अर्यालले शेयर सदस्यहरूले हातमा हात मिलाई सहकारीमा सबैको सहयोग अपरिहार्य रहेको बताए । सहकारीमा बचत गर्ने बानिले समाज समृदिको दिसातिर उन्मुख गराउने कुरा बताए । गढी–२ का वडा अध्यक्ष बखान सिङ पाख्रिनले किसानहरू निर्बाहमुखि कृषिमा भन्दा पनि व्यवसायिकमुखि कृषिमा उन्मुख हुन जोड दिए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका कृषि प्रसार अधिकृत चन्द्र कान्त चौधरी र विभिन्न सघ सस्थाबाट उपस्थित प्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।